Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १० : २१ मा प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । हिजो (मंगलबार) सेबोनले कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित आइपीओ निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । 

आइएमई लाइफले अब प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन गर्नेछ । कम्पनीले प्रति कित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको हो । 

अब कम्पनीले १ करोड २० लाख कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको