Like us!
Follow us!
Connect us!
Watch us!

भारतलाई काउन्टर दिन बालेनले राखे आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १६ : ५४ मा प्रकाशित

भारतलाई काउन्टर दिन बालेनले राखे आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेको सार्वजनिकभएको छ । आज (बिहीबार) सभा गृहस्थित् कार्यकक्षमा उनको सचिवालयले ‘ग्रेटर नेपाल’ को नक्सा राखेको हो । 

नेपालको भूभाग समेटेर भारतले आफ्नो नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा राखेपछि बालेनले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपालको नक्सा राखेका हुन् । 

‘‘भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले पनि हाम्रोमा किन ग्रेटर नेपालको नक्सा नराख्ने भनेर राखिएको हो,’’ बालेनका सचिवालयका एक सदस्यले भने।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको