Like us!
Follow us!
Connect us!
Watch us!

देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, २६ जेठ २०८०, १३ : ३९ मा प्रकाशित

देशको वर्तमान आर्थिक स्थिति कस्तो छ ? प्रमुख झलक हेर्नुहोस्

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को दश महिनाकाे तथ्याङ्क सार्वजनिक गरेकाे छ । 

राष्ट्र बैंककाे रिपाेर्ट अनुसार मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ । आयात १६.८ प्रतिशतले घट्दा निर्यात पनि २४.५ प्रतिशतले घटेकाे छ । यस्तै, पछिल्लाे १० महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।  नेपाल भित्रिने रेमिट्यान्स पनि २३.४ प्रतिशतले बढेकाे छ । यता शोधनान्तर स्थिति पनि २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति

प्रमुख झलक हेर्नुहाेस् :

- वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।

- आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ ।

- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।

- शोधनान्तर स्थिति रु. २१४ अर्ब ६७ करोडले बचतमा रहेको छ ।

- कुल विदेशी विनिमय सञ्चिति रु.१४७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ ।

- संघीय सरकारको खर्च रु.१०४७ अर्ब ७६ करोड र राजस्व परिचालन रु. ७५६ अर्ब २५ करोड रहेको छ ।

- विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।

- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.१ प्रतिशत रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको