Like us!
Follow us!
Connect us!
Watch us!

आचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउँछः गगन थापा

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १६ : १५ मा प्रकाशित

आचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउँछः गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले आचित्य पुष्टि हुनेगरी सरकारले करको दर हेरफेर गर्न पाउने बताएका छन् । आज (आइतबार) प्रतिनिधि सभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८० ८१ को बजेटमाथि टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद थापाले छुट दिएको करको भार कति पर्‍यो र हटाउँदा के कति फरक पर्‍यो भन्ने औचित्यको पुष्टि हुनु पर्ने बताए ।चाहे त्यो विद्युतीय गाडी होस् या अन्यमा तर किन भन्ने प्रश्नको जवाफ भने हुनुपर्ने उनको भनाइ थियो । उनले करको दर हेरफेर नै गर्न नपाउने भए विधेयक किन ल्याउने भन्ने प्रश्न पनि गरे ।

उनले भने,‘प्रधानमन्त्री भनेको क्याबिनेटको क्याप्टेन हो । सबै कुराको जिम्मा प्रधानमन्त्रीले लिने हो । त्यो स्रोत समिति जहाँ बैठक हुन्छ त्यहाँ प्रधानमन्त्रीको उपस्थिति नै हुँदैन । बाहिर प्रधानमन्त्रीको भाषण एउटा हुन्छ । यो गर्छु र त्यो गर्छु भन्ने हुन्छ । तर म यो गर्छु भनेर राखेको चाहनालाई व्यवहारमा अनुवाद गर्ने स्रोत समितिको बैठकबाट हुन्छ । यो त अर्थराजनीति निर्णय हो । तर यहाँ हाम्रो राजनीतिक उपस्थिति हुँदैन । मन्त्रालयमा त मन्त्रीज्यू बैठकमा बस्दै बस्नुहुन्न । सबै भन्दा बढी काम मन्त्रालयमा काम हुन्छ तर त्यहाँ मन्त्रीज्य बस्नुहुन्न । तर बस्नुपर्छ ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको