Like us!
Follow us!
Connect us!
Watch us!

गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर मार्फत १८८ जनाको फर्कियो आँखाको ज्योति

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, ०७ : ४८ मा प्रकाशित

गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविर मार्फत १८८ जनाको फर्कियो आँखाको ज्योति

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले शुदुरपश्चिका विभिन्न स्थानिय तहहरुसंगको सहकार्यमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानिय तहहरुको संयुक्त आयोजनामा डोटी जिल्लाका दुई र अछाम जिल्लाका एक स्थानिय तहमा आँखा शिविर सञ्चालन गरिएको हो ।

तिनवटा आँखा शिविर मार्फत १ हजार १ सय ४१ जना बिरामीको निःशुल्क आँखा परिक्षण गरि १८८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । पहुुँच र पैसाको अभावमा कोहि पनि नागरिक दृष्टिविहिन भएर बस्न नपरोस भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरुमा निःशुल्क आँखा शिविरहरु संचालन गर्दैै आइरहेको छ ।  

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परिक्षण गरि मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।  त्यस्तै डोटी जिल्लाकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परिक्षण गरि ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताउछन् अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्ट ।

त्यसैगरी जेठ १८ र १९ गते अछाम जिल्लाको मेल्लेख गाँउपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरि मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

तिनवटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको बताउन् अस्पतालका बाह्य कार्यक्रम व्यबस्थापक रमेशचन्द्र भट्ट ।

अस्पतालका चीफ मेडिकल डाईरेक्टर एवं वरिष्ठ नेत्र विशेषज्ञ डा सुरेशराज पन्त, डा लिनु रायमाझी लगायत १४ जना प्राविधिकहरुको टोलीले शिविरहरुमा सेवा प्रदान गरेका थिए ।

आर्थिक तथा पहुँचको अभावका कारण दुबै आँखाको दृष्टि गुमाएर लामो समय देखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका बिरामीहरुले आँफ्नै घर आँगमा निःशुल्क शल्यक्रियापछि पुनः दृष्टि पाउँदा हर्षित देखिएका थिए ।

नेपाल नेत्रज्योति संघ अन्तरगत संचालित गेटा आँखा अस्पतालले शुदुरपश्चिमा थप ३ वटा सेकेन्डरी लेभलका आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर तथा १७ वटा आँखा उपचार केन्द्रहरु मार्फत यस क्षेत्रका नागरिकहरुलाई सुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको