Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर : थ्रीस्टार हाइड्रोको आईपीओ असार ५ गतेदेखि खुल्दै

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १० : २७ मा प्रकाशित

लगानीको अवसर : थ्रीस्टार हाइड्रोको आईपीओ असार ५ गतेदेखि खुल्दै

थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले असार ५ गते मंगलबारदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता निष्कासन गरिसकेको छ । अहिले निष्कासन गर्न लागेकाेमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता छुट्याइएको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कति दिने आवेदन ?

याे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताहरूले याे आईपीओमा छिटाेमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै बिक्री नभएमा ढिलाेमा असार १९ गतेसम्म आवेदन दिन सकिनेछ । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले मेराे सेयरबाट घरमै बसीबसी आईपीओ भर्न सक्नेछन् । साथै, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट पनि आईपीओ भर्न सकिनेछ । 

रेटिङ कति ?

रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च स्तरको जोखिम रहेको संकेत गर्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको