Like us!
Follow us!
Connect us!
Watch us!

समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, ११ : १८ मा प्रकाशित

समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । 

त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्याम्पससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । 

निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको