Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चको फैसलामा अर्थसमितिले हस्तक्षेप गर्न मिल्दैन (विशेष भिडियाे)

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, ११ : ०१ मा प्रकाशित

सेबोनले नयाँ ब्रोकर कम्पनीहरुलाई धमाधम लाइसेन्स वितरण गरिरहेकाे बारे हामी सबै अवगतै छाैँ । सेबोनले जेठ ८ गते ७ वटा कम्पनीलाई र जेठ २२ गते ११ वटा कम्पनीलाई गरी १८ वटा कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स दिइसकेको छ । अहिले आएर प्रतिनिधि सभाको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।  संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि यो प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

अनुमति पाएर काम गर्नलाई कार्यालयसमेत स्थापना गरिसकेका ब्रोकर लाईसेन्स प्रक्रिया पनि स्थगन गर्न अर्थ समितिले पत्र काटेपछि यस सन्दर्भमा फेरि प्रश्न उठेको छ । सर्वोच्चले नै बाटो खुलाएर नयाँ ब्रोकरलाई लाईसेन्स दिएपछि पनि यो प्रक्रिया अघि नबढोस् भनेर केही स्वार्थ समूहहरु लागिरहेको भन्दै अर्थ समितिको निर्देशन सम्बन्धी आलोचना भईरहेको छ ।

यही विषयमा केन्द्रित रही हामीले न्यु स्टक ब्राेकर एशाेसिएसनका अध्यक्ष र कानुनी प्रकृयाबारे बुझ्न अधिवक्ता कञ्चन कृष्ण न्याैपानेसँग कुराकानी गरी एउटा विशेष भिडियाे रिपाेर्ट तयार पारेका छाैँ ।

भिडियाे हेर्नुहाेस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको