Like us!
Follow us!
Connect us!
Watch us!

न्यु स्टक ब्राेकर एशाेसिएसनले बुझायाे अर्थ समितिलाई ज्ञापनपत्र, निर्देशन खारेज गर्न माग

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, ११ : १२ मा प्रकाशित

न्यु स्टक ब्राेकर एशाेसिएसनले बुझायाे अर्थ समितिलाई ज्ञापनपत्र, निर्देशन खारेज गर्न माग

न्यु स्टक ब्राेकर एशाेसिएसन नेपाल लिमिटेडले अर्थ समितिलाई ज्ञापनपत्र बुझाएकाे छ । हिजाे मंगलबार एशाेसिएसनले अर्थ समितिलाई ज्ञापनपत्र बुझाएकाे हाे । 

 सर्वोच्चले नै बाटो खुलाएर नयाँ ब्रोकरलाई लाईसेन्स दिएपछि पनि संसदको अर्थ समितिले न्यूनतम मापदण्ड पूरा गरेको वा नगरेको सम्बन्धमा अध्ययन गर्ने भन्दै तत्कालका लागि यो प्रक्रिया रोक्न निर्देशन दिएको छ । अर्थ समितिकाे साे निर्देशनकाे चाैतर्फी आलोचना भईरहेको छ । यसैबीच लाईसेन्स पाएका नयाँ ब्राेकरहरू मिलेर स्थापना गरिएकाे न्यु स्टक ब्राेकर एशाेसिएसनले अर्थ समितिलाई ज्ञापनपत्र बुझाएकाे हाे । 

न्यु स्टक ब्राेकर एशाेसिएसनले अर्थ समितिकाे निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गरेकाे छ । एशाेसिएसनले ज्ञापनपत्रमा भनेकाे छ, "सम्माननीय अर्थसमितिलाई तोकिएको काम, कर्तव्य र अधिकार भन्दा बाहिर गई केही सीमित सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी तिनीहरुको सिण्डिकेटलाई कायम गर्न मद्दत पुग्ने गरी करीब आधा करोड लगानीकर्ताहरुको आशा र विश्वासको विपरीत बजारको विकास र विस्तारलाई रोक्ने उद्देश्यले नेपाल सरकार, अर्थमन्त्रालय, धितोपत्रबोर्ड र नेपाल स्टक एक्सचेन्जलाई जारी निर्देशनले नेपालको पूँजी बजारमा भएको यत्ती ठूलो प्रगतिलाई रोक्ने भएको हुँदा यस्तो पूर्वाग्रह पूर्ण निर्देशनलाई तुरुन्त खारेज गर्न अनुरोध गर्दै सम्माननीय अर्थ समितिलाई निम्न विषयहरु उपर गम्भीरताका साथ लिई दिनु हुन एवं संघीय संसद अन्तरगतको यस समितिबाट नेपालको पूँजीबजार सुधार तथाबजारको विकास एवं विस्तारको कार्यलाई नेतृत्व प्रदान गरिदिनु हुनका लागि हामी हार्दिक आग्रह गर्दछौं ।"

ज्ञापनपत्र हेर्नुहाेस् :

648953442a7f9.jpg 6489534a8d50f.jpg 6489534f88312.jpg 648953531c54d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको