आज (आइतबार) नेप्से परिसूचकमा उछाल देखिएको छ । आज नेप्से ५२.२६ अंकले बढ्दा नेप्से इन्डेक्स २०९४.३३४७ विन्दुमा पुगेको हो । नेप्से इन्डेक्स २१ सय नजिक पुग्दा आज ८ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा उछाल आएसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । आज ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार माथिको कारोबार भएको हो ।
आज १९० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस