नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार तीन कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ५ लाख ७६ हजार ४ सय ५० दशमलव ९९ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
त्यस्तै, साना किसान लघुवित्त वित्तीय संस्थ लिमिटेडको २६ प्रतिशत बोनस बापतको ४० लाख ६७ हजार ४ सय ७५ दशमलव ६९१८ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
त्यस्तै, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ६१.७५ प्रतिशत बोनस बापतको ४ लाख ५ हजार २ सय ३२ कित्ता सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस