Like us!
Follow us!
Connect us!
Watch us!

आम उपभोक्तालाई मूल्य अभिवृद्धि करको बारे बुझाउन आवश्यक छः अर्थमन्त्री डा. महत

अर्थ संसार

सोमबार, ०४ असार २०८०, ११ : ४४ मा प्रकाशित

आम उपभोक्तालाई मूल्य अभिवृद्धि करको बारे बुझाउन आवश्यक छः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आज (सोमबार) विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा कार्मचारीहरुलाई जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका हुन् । 

‘सेवाग्राही माझ सहज रूपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनका क्रममा भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला ।’

फलफूलको आयातमा कर लाग्ने कुरा बुझाउनुपर्ने उनले बताए । ‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरूले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो । तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’, डा. महतले भने, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ । उनले आम नागरिकलाई दुःख दिन काम नगर्न निर्देशन दिए ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको