लगानीकर्ता तिलक कोईरालाले साउनको पहिलो साता आउने मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाईएको १२ करोडको सिमा पनि नहट्ने र जोखिम भार पनि नघट्ने भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्। उनको सो स्ट्याटसले लगानीकर्ताहरुमाझ तरङ्ग ल्याएको छ।
केहि दिनअघि राष्ट्र बैंकका गभर्नरलाई भेटेर मौद्रिक नीतिमा पूँजीबजारका सम्बन्धमा समेटिनुपर्ने बुँदाहरु समेटिएको पत्र बुझाएर आईसकेपछि कोईरालाले यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा लिईएको छ। गभर्नरले पक्कै पनि सो भेटका क्रममा केहि संकेत गरेको हुनुपर्छ, त्यहि भएर कोईरालाले यस्तो स्ट्याटस लेखेका हुन् भन्ने कुराको चर्चा बजारमा भईरहेको छ।
अब बैंकबाट सेयर धितोकर्जा लिने भन्दा पनि ब्रोकरमार्फत मार्जिन लोन लिनु उपयुक्त हुने र यसको वातावरण बनाउन सबै सरोकारवालाहरु लाग्नुपर्ने पनि बताएका छन्।
कोईरालाको सो स्ट्याटसमा कमेन्ट गर्दै कतिपय लगानीकर्ताहरुले भने कोईराला राष्ट्र बैंकको प्रवक्ता जसरी बोलिरहेको र मौद्रिक नीति आउनु अघि नै मौद्रिक नीतिमा यो आउँछ यो आउँदैन भन्ने तिलक कोईराला को हो भन्दै चर्को आलोचना गरिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस