नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर विकास कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले आज (असार १० गते आइतबार) दुवै कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
जसमा मनकामना इन्जिनियरिङ हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणको लागि २८ करोड रुपैयाँको २८ लाख कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको छ । यसमा बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट रहेको छ ।
यस्तै, सेबोनले भगवती हाइड्रोपावरलाई प्रिमियममा आइपीओ जारी गर्न अनुमति दिएको हो । यसले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ १६ पैसा प्रिमियम थप गरेर ११६ रुपैयाँको दरमा १४ लाख ३० हजार १६२ कित्ता आइपीओ जारी गर्ने अनुमति पाएको हो । बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस