नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएको छ ।
आरती पावर कम्पनी र मेवा डेभलपर्स लिमिटेडले आइपीओ बिक्री गर्न अनुमति मागेका छन् । आरती पावरले १०० रुपैयाँ अंकित मूल्यमा ३६ लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको हो ।
धितोपत्र बोर्डले अनुमतिपछि आरती पावरले १०० रुपैयाँ अंकित दरका कुल ३६ लाख कित्ता साधारण सेयर जारी गर्नेछ। यो आइपीओ बिक्रीबाट कम्पनीले ३६ करोड रुपैयाँ पुँजी जुटाउनेछ।
आरती पावरको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।
यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि मेवा डेभलपर्सले १०० रुपैयाँ अंकित दरका कुल १ करोड १२ लाख कित्ता अर्थात १ अर्ब १२ करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस