Like us!
Follow us!
Connect us!
Watch us!

५१ अर्ब बराबरको ३५ करोड कित्ता आइपिओ पाइपलाइनमा, कुन क्षेत्रको कति ?

अर्थ संसार

मंगलबार, ०५ चैत्र २०८१, १४ : ४५ मा प्रकाशित

५१ अर्ब बराबरको ३५ करोड कित्ता आइपिओ पाइपलाइनमा, कुन क्षेत्रको कति ?

नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनको अनुमति माग्दै ८२ वटा कम्पनी पाइपलाइनमा रहेका छन्। यी ८२ कम्पनीले ५१ अर्ब रूपैयाँको सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डको अनुमति पर्खिरहेका हुन्।

धितोपत्र बोर्ड १ वर्षसम्म अध्यक्षविहीन बन्दा आइपिओका लागि आवेदनको ओइरो लागेको हो । धितोपत्र बोर्ड २०८० पुसमा अध्यक्षविहीन भएपछि आइपिओको अनुमति प्रक्रिया रोकिएको थियो । अनुमति जारी प्रक्रिया झन्डै १ वर्ष ठप्प हुँदा आइपिओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै भएको हो । 

कुल ८२ कम्पनी ५१ अर्ब ८ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको आइपिओ जारी गर्ने तयारीमा छन् । ८२ कम्पनीले ३५ करोड ५८ लाख ६४५ कित्ता सेयर बिक्री गर्ने तयारी गरेका हुन् ।

कुनको कति ?

आइपिओ पाइपलाइनमा रहेकामध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधनतर्फको १५ कम्पनीकोे २२ अर्ब ५४ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको ९ करोड ६ लाख ५५ हजार ६८४ कित्ता सेयर छ ।

यस्तै, होटल तथा पर्यटन क्षेत्रका ७ कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आइपिओ जारी गर्न निवेदन दिएका छन् ।यस्तै, ४२ जलविद्युत् आयोजनाबाट १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार रुपैयाँ बराबरको १७ करोड ९० लाख ६१ हजार कित्ता सेयर जारी गर्न बोर्डमा आवेदन परेको छ । लगानी समूहअन्तर्गत ३ कम्पनीले २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५६ लाख ७३ हजार ५०० कित्ता आइपिओ जारी गर्न आवेदन दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको