Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले भने– ‘अर्थतन्त्र केही जागेको छ, सबैजसो आर्थिक सूचकहरु सकारत्मक दिशातर्फ’

अर्थ संसार

बुधबार, १३ असार २०८०, १२ : २६ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले भने– ‘अर्थतन्त्र केही जागेको छ, सबैजसो आर्थिक सूचकहरु सकारत्मक दिशातर्फ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र जागेको र विस्तारै सहज हुँदै जाने बताएका छन्। आज (बुधबार)को प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०–८१ को मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त दाबी गरेका हुन्। 

‘अर्थतन्त्र केही जागेको छ। अहिले सबैजसो आर्थिक सूचकहरु सकारत्मक दिशातर्फ अघि बढ्दै छन्,’ प्रधानमन्त्री प्रचण्डले भने।  उनले विदेशी मुद्रा सञ्चिति बढेको, व्यापार घाटा कम भएको, गत वर्षको यही समयको तुलनामा पर्यटक दोब्बर बढेकोले अर्थतन्त्र सुधार उन्मुख भएको दाबी गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको