प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०–८१ को मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
आफ्नो नेतृत्वमा सरकार बन्नु अघि नेपालको अर्थतन्त्र जर्जर अवस्थामा रहेको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै धराशायी हुन्छ भन्ने भाष्य चिरेर अगाडि बढ्न आफु सफल भएको दाबी गरे ।
उनले भने,‘सदनले मलाई सरकारको नेतृत्व दिँदैगर्दा देशमा गम्भिर आर्थिक संकटको स्थिती र एउटा भाष्य बनेको थियो। नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो। यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन। आम नागरिकसम्म पनि पुगेको थियो। श्रीलंकाको तस्बिरले आम नागरिकलाई त्रसित बनाएको थियो। तर, हामीले त्यस्तो हुन दिएनौं।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस