Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई लाइफको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन?

अर्थ संसार

विहीबार, १४ असार २०८०, १२ : ०६ मा प्रकाशित

आइएमई लाइफको आइपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन?

आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो । 

सीडीएसका अनुसार बुधबार साझ ५ः०५ मिनेटसम्म २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३० कित्ताका लागि आवेदन दिएका छन् ।आइएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको