Like us!
Follow us!
Connect us!
Watch us!

‘धेरै आम्दानी गर्नेलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको छ, असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ छैन्’

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १७ : २२ मा प्रकाशित

‘धेरै आम्दानी गर्नेलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको छ, असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ छैन्’

अर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै आम्दानी गर्नेलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याएका छन्। 

शुक्रबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन्। 

आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी उनले गरे। अर्थमन्त्री महतले बजेट संघीयता विरोधी नभएको जिकीर गरे। 

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ थियो। 

उनले भने, ‘‘संघीयता अनुसार हामी नगएको पनि होइन। समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो। खाली शब्दले मात्रै केही हुँदैन। आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पु¥याउने नै यो बजेटको लक्ष्य हो। करको जुन व्यवस्था गरेका छौं। यसले धेरै आम्दानी गर्छ। करको दायरामा नआएकालाई करको दायरामा ल्याउने काम गरिएको छ। यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु।’’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको