Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाका ग्राहकलाई ‘लेट मी इन’मा डिजिटल भुक्तानी गर्दा छुट

अर्थ संसार

सोमबार, १८ असार २०८०, १७ : २३ मा प्रकाशित

एनआईसी एशियाका ग्राहकलाई ‘लेट मी इन’मा डिजिटल भुक्तानी गर्दा छुट

‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई नयाँबानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मी इन’मा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार एनआईसी एशिया बैंकमा खाता सञ्चालन गरी मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकले फाइदा उपभोग गर्न सक्ने बैंकले बताएको छ।

सम्झौताअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा छुट उपलब्ध गराउनेबारे दुबै पक्षबीच समझदारी भएको बैंकले जनाएको छ।

डिजिटल च्यानलबाट हुने कारोबारलाई वृद्धि गर्दै डिजिटल भुक्तानीलाई बढीभन्दा बढी सेवाग्राहीसमक्ष पुर्याउने हेतुले बैंकले सहकार्यलाई अगाडि बढाएको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको