Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नूस्ः अर्थमन्त्री डा. महत

अर्थ संसार

बुधबार, २० असार २०८०, १६ : ४० मा प्रकाशित

राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्नूस्ः अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न कर्मचारीलाई निर्देशन दिएका छन्। 

बुधबार आन्तरिक राजस्व विभाग अन्तर्गत देशभरका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले भने, ‘‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै कर्मचारी जिम्मेवार र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ।’’ उनले थपे, ‘‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला।’’

व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता हुँदैन भन्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई धन्यवाद दिए। अर्थमन्त्री महतले भने, ‘‘अर्थ मन्त्रालयको सबैभन्दा ठुलो काम भनेको स्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा हामी छौं। त्यसमा सबैभन्दा ठुलो हिस्सा राजस्वको छ। अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, राजस्वको हिस्साको प्रतिशतलाई बढाउनुपर्ने आवश्यकता छ।’’  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको