Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीको १: १ हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, २४ असार २०८०, ०७ : ५४ मा प्रकाशित

अरुण काबेलीको १: १ हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण काबेली पावर लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले आफ्ना यसअघि १ः१ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको थियो। 

कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरे पछ्यात एक सूचना जारी गर्दै  हकप्रद निष्काशन प्रयोजनार्थ असार २५ गते, सोमबार बुकक्लोज मिति तय गरेको थियो। अर्थात आज असार २४ सम्म कायम रहेका लगानीकर्ताले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन्। 

अरुण काबेलीले १स्१ को अनुपातमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने लागेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ र  हकप्रद सेयर निष्काशन पछयात कम्पनीको ३ अर्ब ७१ करोड रुपैयाँ कायम हुनेछ। 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड रहेको छ। 

कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण सम्म गर्दै २०७६ कार्तिक २३ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको