Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति आपत्तिजनकः रवि लामिछाने

अर्थ संसार

सोमबार, २५ असार २०८०, १६ : ४५ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्ति आपत्तिजनकः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय व्यापारी सरदार प्रितम सिंहका बारेमा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।

आज (सोमबार)को प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै लामिछानेले प्रधानमन्त्री प्रचण्डबाट गल्ती भएको पुष्टि भइसकेको कारण चित्तबुझ्दो जवाफको माग गरेका हुन् ।

प्रतिपक्षी दल एमालेले बोलेका कुरानै रास्वपाको करा हो भन्ने भाष्य सिर्जना गरिएकोप्रति आपत्ति जनाउँदै लामिछानेले भने ‘हाम्रा कुरा राख्न नपाउँदै प्रमुख प्रतिपक्षले जे बोल्यो त्यो नै हाम्रो भनाइ हो भन्ने भाष्य सिर्जना गरिओ त्यस्तो जाल साँझीपूर्ण क्रियाकलाप भयो हामीलाई त्यसमा आपत्ति छ । प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति घोर आपत्तिजनक छ । त्यसका सम्बन्धमा प्रधानमन्त्रीले स्प्रष्टीकरण दिनुपर्छ । हामीसहित नेपाली जनताका प्रतिनिधिले चुनेको सदनबाट उहाँ प्रभानमन्त्री बन्नु भएकोबारेमा हामी निर्धक्क थियौं । तर प्रधानमन्त्रीले त छिमेकी राष्ट्रले प्रधानमन्त्री बनाउने सार्वभौम देशको अस्तित्वमा नै खलल् पुर्याउने जून अभिव्यक्ति दिनु भयो त्यो आपत्तिजनक छ ।’-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको