Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ खुल्यो : कुथेली बुखरी स्मल हाइड्रोपावरमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

मंगलबार, २६ असार २०८०, ०७ : ०३ मा प्रकाशित

आईपीओ खुल्यो : कुथेली बुखरी स्मल हाइड्रोपावरमा आजदेखि आवेदन दिन सकिने

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर  आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आज असार २६ गतेदेखि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेकाे थियो । त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिसकिएकाे हो। ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ र २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता सेयरका लागि आईपीओ निष्काशन हुन लागेको हो। 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम -१००० कित्ता 

कहिले सम्म दिने आवेदन ?
 छिटोमा असार २९ गते र सो अवधिमा माग बमोजिम आवेदन नपरे भने ढिलोमा साउन ९ गते

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ को प्रयोग बाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 
 ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत परियोजना रहेको छ। यस योजनाको प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको