Like us!
Follow us!
Connect us!
Watch us!

सिडीएससीले दियाे ७ नयाँ ब्रोकर कम्पनीलाई 'क्लियरिङ मेम्बर' को अनुमति

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १० : ४४ मा प्रकाशित

सिडीएससीले दियाे ७ नयाँ ब्रोकर कम्पनीलाई 'क्लियरिङ मेम्बर' को अनुमति

सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) ले ७ वटा नयाँ ब्रोकर कम्पनीलाई 'क्लियरिङ मेम्बर' अर्थात् राफसाफ सदस्यता प्रदान गरेकाे छ । सीडीएससीले हिजाे असार २५ गते, साेमबार ब्रोकर कम्पनीहरूलाई राफसाफ सदस्यता प्रदान गरेकाे हाे । नयाँ ब्रोकरहरुले असार २२ गते राफसाफ सदस्यताको लागि आवेदन दिएका थिए ।

सिडीएससीले  राफसाफ सदस्यता प्रदान गरेकाे ७ वटा नयाँ ब्राेकर कम्पनीहरू यस प्रकारका छन् :

१. सन सेन्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६४)

२. मियो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६६)

३. हिमालयन ब्रोकरेज प्रा.लि. (ब्रोकर नम्बर ६३)

४. सेयरप्रो सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६५)

५. भोले गणेश सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६१)

६. क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. (ब्रोकर नम्बर ६२)

७. प्रोपर्टी विजार्ड प्रा.लि. (ब्रोकर नम्बर ६७)

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत बिहीबार (असार २१ गते) ७ वटा नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरेको थियाे । नेप्से सञ्चालक समितिको बुधबार बसेको बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गरिएको थियाे ।

सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर नेप्सेले कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइसकेको छ। नेप्सेले अब ती कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरीमात्रै कारोबार सदस्यता प्रदान गर्ने जनाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको