Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री डा. महतलाई प्रश्न– निजी क्षेत्र अर्थतन्त्रको खम्बा हो, सरकारले कसरी हेरिरहेको छ?

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १२ : २६ मा प्रकाशित

अर्थमन्त्री डा. महतलाई प्रश्न– निजी क्षेत्र अर्थतन्त्रको खम्बा हो, सरकारले कसरी हेरिरहेको छ?

अर्थमन्त्री डा. प्रकाश शरण महतले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नै आफूहरुको नीति रहेको स्पष्ट पारेका छन् । मुलुकको समग्र आर्थिक स्थिति, बजेट कार्यान्वयनको तयारी तथा चुनौती र आगामी आर्थिक वर्षको मौद्रिक नीतिलगायतका विषयमा अर्थमन्त्री डा. महतसँग गरिएको कुराकानीको उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नै आफूहरुको नीति रहेको स्पष्ट पारेका हुन् ।

कुराकानीमा उनले भने,‘निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नै हाम्रो नीति हो । बजेटले त्यही किसिमबाट योजना र कार्यक्रम तर्जुमा गरेको छ । सरकारले नियमनकारी, प्रोत्साहनकर्ता र सहजकर्ताको रुपमा काम गर्ने र अर्थतन्त्रमा प्रतिस्पर्धात्मक अवस्था सिर्जना होस भनेर काम गर्ने हो ।,’ उनले थपे, ‘आन्तरिक उत्पादनलाई संरक्षण गर्ने काम बजेटमार्फत गरिएको छ । समग्रमा बजेटका हाम्रा प्रस्तावलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ । यद्यपि, केही सुविधा प्राप्त गरिरहेका कतिपय समूह र व्यक्ति बेखुसी हुन सक्छन् । किनकी हाम्रो लक्ष्य कुनै समूह वा व्यक्तिलाई फाइदा–बेफाइदा गर्ने भन्दा पनि समग्र अर्थतन्त्र र उद्योग व्यवसायलाई प्रवद्र्धन गर्न सकिन्छ भन्ने हिसाबले आएको छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको