अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीति खुकुलो पार्ने ठाउँ प्रसस्तै रहेको स्पष्ट पारेका छन् । आज (मंगलबार) काठमाडौँ स्थित् र्याडिसन होटल लाजिम्पाटमा नेपाल वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चूनौती समाधानका उपाय र भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रमा बोल्दै उनले यस्तोे बताएका हुन् ।
नेपालको वित्तीय क्षेत्रलाई नमुनाको रुपमा अघि लैजानुपर्नेमा अर्थमन्त्रीले जोड दिएका छन् ।
कार्यक्रमा बोल्दै उनले भने,‘कुनै कुनै बैंकहरूमा डिपोजिटको हाहाकार स.जना भएको छ । नमुनाको रूपमा नेपालको वित्तीय क्षेत्रलाई अघि बढाउनु जरूरी छ । आर्थिक स्थिती समस्याबाट माथि उठ्ने क्रममा मूल्यवृद्धि घटिरहेको कुरा सुखद छ । मौद्रिक नीतिलाई खुकुलो पार्ने ठाउँ प्रसस्त छन् ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस