Like us!
Follow us!
Connect us!
Watch us!

आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन चल्न नदिने रविको चेतावनी

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १४ : ३९ मा प्रकाशित

आगामी बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन चल्न नदिने रविको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी संसद बैठकमा मिटरब्याज सम्बन्धीको विधेयक नल्याए सदन चल्न नदिने चेतावनी दिएका छन्। आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछाने यस्तो चेतावनी दिएका हुन् ।

उनले अन्य पार्टीहरूले सदन अवरोध गर्दा आफूहरू मिटरब्याज पीडितको विरूद्धमा गएको आरोप लागेको र त्यो आरोप खण्डन गर्न आगामी बैठकमा मिटरब्याज सम्बन्धीको विधेयक ल्याउन माग गरे।

उनले भने, ‘आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ। यसपछि बस्ने बैठकमा यदि कार्यसूचीमा मिटरब्याज पीडितहरूको पक्षमा ल्याउन खोजिएको विधेयकलाई ल्याइएन भने पूर्व सूचना गरिरहेका छौं कि सदन चल्न सक्दैन। जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको