Like us!
Follow us!
Connect us!
Watch us!

विकास बैंकहरुले ब्याजदर घटाउने

अर्थ संसार

शुक्रबार, २९ असार २०८०, १७ : ४८ मा प्रकाशित

विकास बैंकहरुले ब्याजदर घटाउने

विकास बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको आज शुक्रबार बसेको बैठकले साउन महिनादेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गरेको हो । 

साउन १ गतेबाट लागू हुने गरी राष्ट्रिय स्तरका विकास बैंकहरूले निक्षेपको ब्याजदर १० दशमलव १ प्रतिशत कायम गर्ने सहमति भएको छ ।  यस अघि निक्षेपको ब्याजदर १० दशमलव ६ प्रतिशत रहेको थियो ।

त्यस्तै, क्षेत्रिय स्तरका विकास बैंकले भने निक्षेपको ब्याज १० दशमलव ३५ प्रतिशतसम्म कायम गर्न सक्नेछन् ।

यता बिहीबार बसेकाे नेपाल बैंकर्स एसोसिएसनकाे बैठकले वाणिज्य बैंकहरु आफैँले ब्याज निर्धारण गर्न सक्ने बाटाे खुलाइदिएकाे छ । यसअघि भद्र सहमतिकाे  आधारमा ब्याजदर निर्धारण गरिँदै आएकाे थियाे । अब भने बैंकहरुले राष्ट्र बैंकले दिएको सीमाभित्र रहेर आफै ब्याज निर्धारण गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको