Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक आईएसओ २७००१ः २०१३ सर्टिफिकेसन

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १० : ३८ मा प्रकाशित

सानिमा बैंक आईएसओ २७००१ः २०१३ सर्टिफिकेसन

सानिमा बैंकले आईएसओ २७००१:२०१३ सर्टिफिकेसन प्राप्त गरेको छ।

सूचना प्रविधि र सूचना प्रविधिकसँग सम्बन्धित सेवाहरु सुरक्षित ढंगले प्रदान गरेको र आन्तरिक बाह्य ग्राहकलाई उत्कृष्ट बैंकिङमा उत्कृष्ट आईटी सर्भिस प्रदान गरेको बैंकले यो सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो।

बैंक सदैव ग्राहकको डाटा र प्रविधि सुरक्षामा तत्पर रहेको र यो सर्टिफिकेसन पाउनुलाई कोशेढुंगाका रुपमा लिइएको बैंकले जनाएको छ।

आगामी दिनमा सूचना प्रविधि र डाटा सुरक्षामा बैंकले ग्राहकलाई थप विश्वास र भरोसा दिलाउन कतिबद्ध रहने प्रतिबद्धता जनाएको छ।

सानिमा बैंकले हाल १३२ शाखा र १२२ एटीएम सञ्जालबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको