Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ कसुर मुद्दामा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, ११ : १६ मा प्रकाशित

बैंकिङ कसुर मुद्दामा पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ

नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेको हो । 

गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका— १ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएको कारण उनी पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले जनाएका छन्  ।

बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुरविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । 

जसपाले कारबाही गरेपछि उनी गत मङ्सिरमा भएको निर्वाचनमा एमाले प्रवेश गरेर प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि पराजित भएका हुन् । बाँकेमा पक्राउ परेका यादवलाई रूपन्देही ल्याइँदैछ । त्यसपछि रूपन्देही प्रहरीले थप अनुसन्धान गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको