Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार ब्रोकर नम्बर ४४ बाट सर्वाधिक काराेबार, कुन ब्राेकरले कति किने कति बेचे ?

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १७ : ४४ मा प्रकाशित

मंगलबार ब्रोकर नम्बर ४४ बाट सर्वाधिक काराेबार, कुन ब्राेकरले कति किने कति बेचे ?

आज (मंगलबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ विन्दुमा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा पुगेकाे छ । कूल २५५ वटा कम्पनीकाे ८६ लाख ७६ हजार ४ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आज धेरै कारोबार गर्ने १० वटा ब्रोकहरुमध्ये ब्राेकर नम्बर ४४ अर्थात् डाइनामिक मनी म्यानेजर सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । आज ब्राेकर नम्बर ४४ बाट २४ कराेड ४४ लाख ८९ हजार रूपैयाँ बराबरको सेयर खरिद हुँदा २५ कराेड ५७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै दाेश्राे नम्बरमा रहेकाे ब्रोकर नम्बर  ३३ अर्थात् दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिजले २१ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किन्दा २५ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर बेचेकाे छ ।

टप १० ब्रोकरहरु : कुन ब्राेकरले कति किने कति बेचे ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको