Like us!
Follow us!
Connect us!
Watch us!

सिंगापुरको पासपोर्ट विश्वकै स्ट्रङ, नेपालको पासपोर्ट ९८औँ स्थानमा

अर्थ संसार

बुधबार, ०३ साउन २०८०, १४ : ३५ मा प्रकाशित

सिंगापुरको पासपोर्ट विश्वकै स्ट्रङ, नेपालको पासपोर्ट ९८औँ स्थानमा

लगातार ३ वर्षदेखि स्ट्रङ अर्थात् शक्तिशाली पासपोर्ट हुने देशको पहिलो सूचीमा रहँदै आएको जापानलाई यसपाली भने सिंगापुरले उछिनेको छ । सन् २०२३ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् ।

यस्तै, दोश्रो स्थानमा १९० गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने जर्मनी, इटाली र स्पेन संयुक्त रूपमा रहेका छन् । तेस्रो स्थानमा अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन रहेका छन् । अमेरिका आठौँ स्थानमा रहँदा चीन भने ६३ औँ स्थानमा रहेको छ ।

नेपालको कुरा गर्नुपर्दा नेपाल ९८ औँ स्थानमा सीमित रहेको छ । नेपालले ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन् ।

दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७ औँ स्थानमा रहेको छ । भारत ८० औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ । श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन् । 

कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको