जेन–जी आन्दोलनको क्रममा भएको प्रहरी दमनबारे गठित छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै सरकारले कडा निर्णय गरेको छ। आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट तत्काल रोक्का गरिएको छ।
गृह मन्त्रालयले उनीहरूलाई अनुमति विना काठमाडौं उपत्यका बाहिर नजान समेत आदेश जारी गरेको छ।
सरकारी स्रोतका अनुसार पासपोर्ट रोक्का सूचीमा परेका प्रमुख नामहरू यसप्रकार छन् :
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली
तत्कालीन गृहमन्त्री रमेश लेखक
गृहसचिव गोकर्णमणि दुवाडी
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा
काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल
गत भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। सो घटनापछि मुलुकभर सरकारको आलोचना चर्किएको थियो।
त्यसबेला प्रधानमन्त्री ओलीले “मैले गोली चलाउन आदेश दिएको छैन” भन्ने दाबी गरे पनि गृह मन्त्रालयले आन्दोलनलाई संघीय संसद भवनतिर पुग्न नदिने निर्देशन दिएको खुलासा भएको छ। मन्त्रालयको आदेशपछि तत्कालीन सीडीओ छवि रिजालले गोली चलाउन आदेश दिएको विवरण आयोगको प्रतिवेदनमा उल्लेख छ।
आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सरकारले जिम्मेवारीसमेत तोक्ने तयारी गरिरहेको बताइएको छ। पासपोर्ट रोक्का र उपत्यका बाहिर यात्रा निषेधलाई सरकारको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस