Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पासपोर्ट पुछारबाट सातौं शक्तिशाली, सबैभन्दा शक्तिशाली कुन देशको पासपोर्ट ?

अर्थ संसार

बुधबार, २५ पुस २०८०, १९ : २८ मा प्रकाशित

नेपालको पासपोर्ट पुछारबाट सातौं शक्तिशाली, सबैभन्दा शक्तिशाली कुन देशको पासपोर्ट ?

हेन्ले पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको २०२४ को पासपोर्ट वरियतामा नेपाली पासपोर्ट पुछारबाट सातौं शक्तिशाली पासपोर्ट चुनिएको छ ।

४० भिसा फ्री स्कोर सहित नेपाल, लिबिया र प्यालेस्टाइन वरियताको ९८ औं स्थानमा रहेका छन् । भिसा फ्री स्कोरले विश्वका कति देशमा अन अराइभल भिसा भ्रमण गर्न सकिन्छ भन्ने देखाउँछ अर्थात नेपालको पासपोर्टले ४० वटा मुलुकमा अन अराइभल भिसामार्फत सोझै भ्रमण गर्न सकिन्छ । नेपालभन्दा कमजोर भिसा भएका देशमा सोमालिया, यमन, पाकिस्तान, इराक, सिरिया र अफगानिस्तान रहेका छन् । २८ भिसा फ्री स्कोर सहित अफगानिस्तान सूचीको पुछारमा रहेको छ ।

सूचीको शीर्षमा भने फ्रान्स, जर्मनी, इटाली, जापान, सिङ्गापुर र स्पेनका भिसा परेका छन् । ती देशको भिसाले एक सय ९४ भिसा फ्री स्कोर पाएका छन् । दोस्रो स्थानमा एक सय ९३ स्कोरसहित फिनल्यान्ड, दक्षिण कोरिया र स्वीडेनका भिसा रहेका छन् । अमेरिका सातौं स्थानमा रहँदा छिमेकी राष्ट्र चीन ६२ र भारत ८० औं स्थानमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको