Like us!
Follow us!
Connect us!
Watch us!

५० लाखसम्मको सेयरधितो कर्जामा १००% जोखिमभार कायम गरिने, त्यसमाथि १५०% यथावत

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १६ : ४८ मा प्रकाशित

५० लाखसम्मको सेयरधितो कर्जामा १००% जोखिमभार कायम गरिने, त्यसमाथि १५०% यथावत

राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा सेयर धितोकर्जा, रियल इस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिमभार पुनरावलोकन गर्ने भन्ने उल्लेख गर्यो। कस्तो किसिमको पुनरावलोकन भन्ने विषय मौद्रिक नीतिमा खुलाईएन।  

मौद्रिक नीतिका सम्बन्धमा थप स्पष्ट पार्न राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद आधिकारीले यो विषयलाई थप स्पष्ट पारेका छन्। उनले यसअघि व्यवस्था गरिएको २५ लाख रुपैयाँ सम्मको सेयर धितोकर्जाको जोखिम भार १००% कायम गर्ने र सो भन्दा माथिको कर्जामा १५०% जोखिमभार कायम गर्ने कुरामा केहि मात्रै लचक हुन लागिएको बताए। गभर्नर अधिकारीका अनुसार अब २५ लाख रुपैयाँको सीमालाई बढाएर ५० लाख रुपैयाँ कायम गर्न लागिएको हो। ५० लाख रुपैयाँ भन्दा माथिको कर्जामा १५०% जोखिम भार नै यथावत रहने पनि उनले स्पष्ट पारे।  

'यो पुनरावलोकन भनेको चाहिं १५०% बाट घटाएर १२५% वा १००% ल्याउन लागिएको हो कि भन्ने पनि कसैलाई होला, त्यस्तो होईन', उनले थप स्पष्ट पारे। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको