Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरलाई राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार: वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासन देखाएकोमा अवार्ड

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ०८ : १७ मा प्रकाशित

बुटवल पावरलाई राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार: वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासन देखाएकोमा अवार्ड

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (National Best Presented Annual Report Award 2022) मा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड Power and Energy बाट सम्मानित भएको छ । 

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आर्थिक बर्ष २०७८÷७९ (२०२१÷२२) मा कम्पनीले प्रकाशित गरेको बार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाण्डौमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका अर्थमन्त्री डा. श्री प्रकाश शरण महत र आइक्यानका अध्यक्ष श्री भाष्कर सिँह लालाले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले कम्पनीलाई आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको छ । कम्पनीको परिष्कृत बार्षिक प्रतिबेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट बार्षिक प्रतिबेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरुबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६२००० ग्राहकहरुलाई विद्युत वितरण गरी आएको छ । हाल संचालनमा रहेको ६० मेगावाटको खिम्ती प्रथम, ३० मेगावाटको न्यादी तथा ४ मेगावाटको खुदी जलविद्युत आयोजनाहरुमा पनि कम्पनीको लगानी रहेको छ भने पूर्ब निर्माणको चरणमा रहेका मस्र्याङ्डी बेसिन स्थित करीव ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरुमा समेत लगानी रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको