Like us!
Follow us!
Connect us!
Watch us!

अत्याधिक रक्सी सेवन गरेको कारण मन्त्रीको जागिर चैट

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १४ : ०४ मा प्रकाशित

अत्याधिक रक्सी सेवन गरेको कारण मन्त्रीको जागिर चैट

न्यूजिल्याण्डकी न्यायमन्त्री किरी एलेनले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । अत्याधिक मदिरा सेवन गरेर नियम उल्लंघन गरेको आरोप लागेपछि न्यायमन्त्री किरी एलेनले आज (सोमबार) आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

उनीले हिजो (आइतबार) राती अत्याधिक मदिरा सेवन गरेर पार्किङमा राखेको अर्को कारसँग आफ्नो कार ठोक्काएकी थिइन्।

उक्त दुर्घटनापछि मन्त्री किरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब ४ घण्टा हिरासतमा राखी उनले रक्सी सेवन गरेको नगरेको जाँच गरिएको थियो । उक्त जाँचमा उनले रक्सी सेवन गरेको पुष्टि भएपछि प्रहरीले उनले कानूनी सीमा नाघेको आरोप लगाएको थियो ।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको