आज (मंगलबार) सेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ ।
मंगलबार पनि बजार घटेर बन्द भयाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ विन्दुमा झरेकाे छ । यस दिन कुल २६७ वटा कम्पनीकाे ७७ लाख १६ हजार २ सय ७७ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९१ कराेड ७ लाख ३२ हजार ४ सय १८ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । काराेबार भएका कुल १३ उपसमूहमध्ये, हाेटल तथा पर्यटन समूहबाहेक बाँकी सबै सूचक ओरालाे लागेका छन् । सबैभन्दा धेरै बैंकिङ्ग समूह २.७५ प्रतिशतले घटेकाे छ ।
आज धेरै कारोबार गर्ने १० वटा ब्रोकहरुमध्ये ब्राेकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । आज ब्राेकर नम्बर ४५ बाट १४ कराेड ७३ लाख ९२ हजार रूपैयाँ बराबरको सेयर खरिद हुँदा २० कराेड २० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । त्यस्तै दाेश्राे नम्बरमा ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्युरिटिजकाे सर्वाधिक काराेबार भएकाे छ । आज ब्राेकर नम्बर ४२ बाट १४ कराेड ९२ लाख ६१ हजार रूपैयाँ बराबरको सेयर खरिद हुँदा १९ कराेड ८४ लाख १४ हजार रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।
टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किने ? कुन-कुन कम्पनीकाे सेयर बेचे ?
सर्वाधिक काराेबार गर्ने ब्राेकर नम्बर ४५ काे Top Buy र Top Sell हेर्नुहाेस् :
Top Buy
तारागाउँ रिजेन्सीकाे - ११ हजार ७० कित्ता
साेल्टी हाेटलकाे - १५ हजार ८ सय ४१ कित्ता
शिवम् सिमेन्टकाे - ९ हजार एक सय ४८ कित्ता
Top Sell
कुमारी बैंककाे - २ लाख ८४ हजार २ सय २६ कित्ता
एभरेष्ट बैंककाे - ४८ हजार ४ सय ९४ कित्ता
सिद्धार्थ प्रिमियर इन्स्याेरेन्सकाे - ५ हजार ९ सय ८० कित्ता
टप ब्राेकरकाे दाेश्राे सूचीमा रहेकाे ब्राेकर नम्बर ४२ काे Top Buy र Top Sell हेर्नुहाेस् :
ब्राेकर नम्बर ४२ काे Top Buy र Top Sell हेर्दा २ वटा स्टककाे सेयर म्याचिङ भएकाे देखिन्छ :
Top Buy
राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयर - २ हजार ३ सय ३१ कित्ता
ङादी ग्रुप पावर - ९९ हजार ४ सय ३८ कित्ता
एभरेष्ट बैंक - १० हजार ९ सय ४६ कित्ता
Top Sell
राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयर - २ हजार १ कित्ता
ङादी ग्रुप पावर - एक लाख २० हजार ५ सय ८५ कित्ता
नबिल बैंक - २६ हजार एक सय ५८ कित्ता
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस