Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्दा टप ब्रोकरले कुन–कुन कम्पनीको सेयर किनबेच गरे ?

अर्थ संसार

आइतबार, २४ भदौ २०८०, १८ : २३ मा प्रकाशित

बजार बढ्दा टप ब्रोकरले कुन–कुन कम्पनीको सेयर किनबेच गरे ?

स्थानीय तहको रकम निक्षेपमा गणना गर्न पाउने भएपछि सेयर बजारमा सकारात्मक संकेत देखिएको छ ।  साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १०.२३ अंकले बढेर १९४२.६८ विन्दुमा झरेकाे छ । नेप्से ०.५२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.३२ अंकले बढेर ३७३.९० विन्दुमा पुगेकाे छ ।  कूल २७६ वटा कम्पनीकाे ४३ लाख १४ हजार ४ सय १७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७ करोड २२ लाख १२ हजार ४ सय १८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्राेपावर समूहबाहेक बाँकी सबै उपसमूहकाे सूचक बढेको छ । हाइड्राेपावर समूह भने ०.१४ प्रतिशतले घटेकाे हाे । 

आजका टप ब्राेकरहरूकाे कुरा गर्नुपर्दा ब्राेकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ४५ बाट ५ कराेड ८६ लाख ९३ हजारकाे सेयर खरिद हुँदा ५ कराेड २२ लाख ११ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

Top Buy

घाेराही सिमेन्ट - ६ हजार ७ सय ५० कित्ता
साेल्टी हाेटल - ७ हजार कित्ता
प्राइम बैंक - १६ हजार ९ सय ३२ कित्ता

Top Sell

हिमाल दाेलखा हाइड्राेपावर - ८३ हजार १ सय २३ कित्ता
हिमालयन एभरेष्ट इन्स्याेरेन्स प्रमाेटर सेयर - १२ हजार ८ सय ५० कित्ता
चिलिमे हाइड्राेपावर - ६ हजार ३ सय २६ कित्ता

त्यसैगरी, टप ब्राेकरकाे दाेश्राेमा ब्राेकर नम्बर ४९ अर्थात् अनलाइन सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ४९ बाट ४ कराेड २९ लाख ४० हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ६ कराेड ७० लाख ६ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

Top Buy

माछापुच्छ्रे बैंक - २१ हजार ६ सय कित्ता
साेल्टी हाेटल - १० हजार ४ सय ७३ कित्ता
हिमाल दाेलखा हाइड्राेपावर - २९ हजार २ सय ५९ कित्ता

Top Sell

माछापुच्छ्रे बैंक - १ लाख १७ हजार ५ सय ६३ कित्ता
लिबर्टी इनर्जी - २७ हजार १ सय कित्ता
साेल्टी हाेटल - ६ हजार ४ सय ५० कित्ता 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको