Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

अर्थ संसार

मंगलबार, १२ भदौ २०८०, १८ : २२ मा प्रकाशित

बजार घट्दा टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा झरेकाे छ । नेप्से ०.२५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७१ अंकले घटेर ३८२.८५ विन्दुमा झरेकाे छ । कूल २७८ वटा कम्पनीकाे ४० लाख ६ हजार ७ सय ३९ कित्ता सेयर खरिदबिक्री हुँदा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

आजका टप ब्राेकरहरूकाे सूची नियाल्दा ब्राेकर नम्बर ४४ अर्थात् डाइनामिक मनी म्यानेजर सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ४४ बाट ७ कराेड ३४ लाख ६४ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ४ कराेड ३२ लाख १४ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री गरिएकाे छ ।

ब्राेकर नम्बर ४४ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

युनाइटेड अजाेड इन्स्याेरेन्स - १० हजार १ सय ९९ कित्ता
नेपाल पुनर्बिमा - ८ हजार १ सय १० कित्ता
एशियन लाइफ इन्स्याेरेन्स - ७ हजार २ सय ८२ कित्ता

Top Sell

एशियन लाइफ इन्स्याेरेन्स - ११ हजार ६ सय ९५ कित्ता
आईजीआई प्रुडेन्सियल इन्स्याेरेन्स - १० हजार ९ सय ९६ कित्ता
हिमालयन लाइफ इन्स्याेरेन्स - ८ हजार ९ सय ७० कित्ता

त्यसैगरी, टप ब्राेकरकाे दाेश्राेमा ब्राेकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । आज  ब्राेकर नम्बर ५८ बाट ३ कराेड ६७ लाख ८२ हजारकाे सेयर खरिद हुँदा ७ कराेड ३ लाख ७६ हजारकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ५८ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

सिटी हाेटल - ७ हजार १ सय ४४ कित्ता
आईएमई लाइफ इन्स्याेरेन्स - ४ हजार ३५ कित्ता
शिवम् सिमेन्ट - ४ हजार १ सय ७९ कित्ता

Top Sell

नेपाल टेलिकम - ३० हजार ३ सय ३ कित्ता
आईएमई लाइफ इन्स्याेरेन्स - ८ हजार ९० कित्ता
साेल्टी हाेटल - ८ हजार २ सय कित्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको