Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा टप ब्रोकरको खरिद भन्दा बिक्री धेरै, कुन कुन कम्पनीको सेयर बेचे ?

अर्थ संसार

आइतबार, ०३ भदौ २०८०, १७ : ५७ मा प्रकाशित

बजार घट्दा टप ब्रोकरको खरिद भन्दा बिक्री धेरै, कुन कुन कम्पनीको सेयर बेचे ?

गत वर्ष भदौ २ गते ३१९८ को विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको नेपाली सेयर बजार अहिले घटेर २ हजार ११ को विन्दुमा छ । बजारमा सप्लाई बढ्या बढ्यै छ, डिमान्ड भने छैन । सप्लाई कै कुरा गर्नुपर्दा गत आर्थिक वर्षमा मात्रै दोश्रो बजारमा ३ खर्ब ७२ अर्ब बराबरको नयाँ सेयर सूचीकृत भएको छ । सप्लाई अनुसारको माग सिर्जना हुन नसक्दा सेयर बजारमा ठूलो गिरावट आएको हामी सबैले देखिरहेका छौँ । बजारमा लोनको डिमान्ड नै छैन । बैंकहरूले अफर दिई दिई लोन लिन बोलाइरहेका छन् । यता ट्रनओभर पनि एकदमै ड्राई छ । कुनै बेला २२ अर्बमाथिको कारोबार हुने गरेकोमा अहिले दैनिक २ अर्ब पुग्न पनि धौधौ छ । यतिबेला लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन् । आजको दिनसम्म आइपुग्दा बजार २०११ को विन्दुमा छ । लगानीकर्ताहरू २००० को लेभललाई Watch Out गरिरहेका छन् । बजार २००० भन्दा तल झरे किन्ने मुडमा छन् प्राय लगानीकर्ताहरू ।

आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा झरेकाे छ । नेप्से १.०८ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.२५ अंकले घटेर ३८४.१२ विन्दुमा झरेकाे छ । कूल २६९ वटा कम्पनीकाे ४४ लाख ५९ हजार ४ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।  स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सूचक घटेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह घटेकाे छ ।

बजार घट्दा आज टप ब्राेकरकाे पनि खरिद भन्दा बिक्री धेरै देखिएकाे छ । आइतबार ब्राेकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ५८ बाट आज ५ कराेड ५२ लाख ६४ हजार रूपैयाँ बराबरकाे सेयर खरिद गरेर ९ कराेड ९८ लाख ७ हजारकाे सेयर बिक्री गरेकाे छ ।

ब्राेकर नम्बर ५८ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

स्वाेराेजगार लघुवित्त - ४ हजार ९ सय २८ कित्ता
हिमालयन डिष्टीलरी - १२ सय ८६ कित्ता
फरवार्ड लघुवित्त - १३ सय ८७ कित्ता

Top Sell

हिमालयन डिष्टीलरी - ७ हजार ८० कित्ता
नेपाल टेलिकम - ८ हजार ९ सय ३९ कित्ता
आईएमई लाइफ इन्स्योरेन्स - ९ हजार ८ सय ९० कित्ता

दाेश्राेमा ब्राेकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ४५ काे प्ल्याटफर्मबाट ६ कराेड ५४ लाख ५४ हजार रूपैयाँ बराबरकाे सेयर किनेर ८ कराेड ८८ लाख ५४ हजारकाे सेयर बेचिएकाे छ ।

ब्राेकर नम्बर ४५ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक - २७ हजार ७ सय २८ कित्ता
एनआइसी एशिया बैंक - ५ हजार ८ सय १४ कित्ता
सानिमा माइ हाइड्राेपावर - १० हजार ४५ कित्ता

Top Sell

सानिमा माइ हाइड्राेपावर - २३ हजार ९ सय २९ कित्ता

आईएमई लाइफ इन्स्योरेन्स - ६ हजार ९ सय ३१ कित्ता
चिलिमे हाइड्राेपावर - ७ हजार २ सय ७८ कित्ता

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको