Like us!
Follow us!
Connect us!
Watch us!

बजार २ हजारको विन्दुमा पुग्दा टप ब्रोकरले कुन–कुन कम्पनीको सेयर किनबेच गरे ?

अर्थ संसार

बुधबार, २७ भदौ २०८०, १६ : ४७ मा प्रकाशित

बजार २ हजारको विन्दुमा पुग्दा टप ब्रोकरले कुन–कुन कम्पनीको सेयर किनबेच गरे ?

आज (बुधबार) सेयर बजार २ हजारकाे विन्दुमा पुगेकाे छ । बजारमा सकारात्मक माहाेल देखिँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेकाे छ । नेप्से २ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेकाे छ । कूल २७५ वटा कम्पनीकाे ५१ लाख ४४ हजार ७ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार ९ सय ५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सूचक बढेको छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह र त्यसपश्चात् फाइनान्स समूह बढेकाे छ ।

बुधबारका टप ब्राेकरहरूकाे काराेबार नियाल्दा ब्राेकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ३४ काे प्लाटफर्मबाट आज ९ कराेड ७९ हजार २ सय ८७ रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ७ कराेड १५ लाख ८८ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

 ब्राेकर नम्बर ३४ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

एनआईसी एशिया बैंककाे - ३० हजार ९ सय ५६ कित्ता
एभरेष्ट बैंक - १३ हजार ९ सय ८० कित्ता
आईजिआई प्रुडेन्सियल इन्स्याेरेन्स - १४ हजार कित्ता

Top Sell

एभरेष्ट बैंक - २५ हजार १ सय ३८ कित्ता
सगरमाथा लुम्बिनी इन्स्याेरेन्स - १५ हजार ९४ कित्ता
शिवम् सिमेन्ट - ६ हजार ९ सय १५ कित्ता

त्यसैगरी, आजका टप ब्राेकरहरूकाे दाेश्राे नम्बरमा ब्राेकर नम्बर ४५ अर्थात् इम्पेरियल सेक्युरिटिज रहेकाे छ । ब्राेकर नम्बर ४५ काे प्लाटफर्मबाट आज ७ कराेड ७९ लाख ६६ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ८ कराेड ३४ लाख १७ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ४५ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy
एनआईसी एशिया बैंककाे - १३ हजार २ सय ८४ कित्ता
साेल्टी हाेटल - २२ हजार ९ सय ६२ कित्ता
शिवम् सिमेन्ट - १७ हजार ६ सय ८६ कित्ता

Top Sell

एनआईसी एशिया बैंककाे - १३ हजार १ सय २४ कित्ता
साना किसान विकास लघुवित्त - ९ हजार ८ सय ११ कित्ता
सानिमा माइ हाइड्राेपावर - १३ हजार ३ सय ५३ कित्ता

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको