Like us!
Follow us!
Connect us!
Watch us!

बजार बढ्दा टप ब्रोकरले कुन-कुन कम्पनीको सेयर किने ? कुनको बेचे ?

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १७ : १४ मा प्रकाशित

बजार बढ्दा टप ब्रोकरले कुन-कुन कम्पनीको सेयर किने ? कुनको बेचे ?

आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेकाे छ । नेप्से ०.३५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा पुगेकाे छ ।

कूल २७० वटा कम्पनीकाे ३४ लाख ३२ हजार २ सय ६७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९ करोड ९१ लाख ३९ हजार ६ सय ९७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये फाइनान्सबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ ।

बजारमा सुधार देखिएकाे दिन आज ब्राेकर नम्बर ३४ अर्थात् भिजन सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ३४ काे प्लाटफर्मबाट आज ६ कराेड ९७ लाख ६८ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ५ कराेड ३६ लाख २९ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ३४ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy
साेल्टी हाेटल - १४ हजार ७ सय ५२ कित्ता
एनएलजी इन्स्याेरेन्स - ५ हजार ६ सय २९ कित्ता
एशियन लाइफ इन्स्याेरेन्स - ५ हजार ८ सय कित्ता

Top Sell

शिखर इन्स्याेरेन्स - ७ हजार ७ सय ७४ कित्ता
साल्ट ट्रेडिङ कर्पाेरेशन - ७ सय २० कित्ता
युनाइटेड अजाेड इन्स्याेरेन्स - ५ हजार ३ सय ५१ कित्ता

त्यसैगरी, साेमबार टप ब्राेकरकाे दाेश्राेमा ब्राेकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाट सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ५८ बाट आज ४ कराेड ३ लाख ३ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा ७ कराेड ५० लाख ९८ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ५८ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

ग्रीन भेञ्चर्स - २१ हजार ६ सय ४५ कित्ता
सिटी हाेटल - ३ हजार ९ सय ३५ कित्ता
एनआईसी एशिया बैंक - ३ हजार ३ सय ६७ कित्ता

Top Sell

ग्लोबल आईएमई बैंकको संस्थापक सेयर - १ लाख १३ हजार २ सय ९४ कित्ता
ओरियन्टल हाेटल - ५ हजार ६ सय २९ कित्ता
एशियन लाइफ इन्स्याेरेन्स - ५ हजार ९ सय कित्ता

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको