Like us!
Follow us!
Connect us!
Watch us!

माैद्रिक नीतिमा केही पोजेटिभ देखेको छैनौँ, रिभिजनमा आउनु पर्यो : ज्योत्सना श्रेष्ठ

अर्थ संसार

बुधबार, १० साउन २०८०, १३ : २५ मा प्रकाशित

माैद्रिक नीतिमा केही पोजेटिभ देखेको छैनौँ, रिभिजनमा आउनु पर्यो : ज्योत्सना श्रेष्ठ

नेपाल राष्ट्र बैंकले यही आइतबार (साउन ७ गते) चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्यो । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिबाट बैंकिङ्ग क्षेत्र सन्तुष्ट छन् । सन्तुलित मौद्रिक नीति आएको उनीहरूको धारणा छ । 

यता निजी क्षेत्र भने अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति नआएकोमा असन्तुष्ट छन् ।  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेका थिए । विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा गरिएको भएपनि मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लिएको नीतिले अर्थतन्त्रलाई मन्दिको अवस्थाबाट उकास्न सहयोग पुग्ने नदेखिएको निजी क्षेत्रको ठहर छ ।

यसै सन्दर्भमा मौद्रिक नीतिबारे प्रतिक्रिया लिन हामीले नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठसँग कुराकानी गरेका छौँ । मौद्रिक नीतिप्रति उनको पनि असन्तुष्टी छ ।

आफूहरूले जेजे मागेको थियौँ मौद्रिक नीतिमा त्यो केही नआएको उनी बताउँछिन् ।  तैपनी यसलाई रिभाइज गर्नुपर्छ भन्ने रहेको र रिभाइज हुँदा के आउने हो त्यसपछि भन्न सकिने उनले बताइन् ।

'लिक्विडिटी फ्लो नहुने भयो, अहिले एकदमै गाह्रो परिस्थितीमा एक त इन्फ्लेसन रेट यस्तो बढेको बेलामा अलिकति लिक्विडिटी फ्लो भएको भए, ब्याजदर अलि कम भएको भए, वर्किङ क्यापिटलमा रिभिजन भएको भए राम्रो हुन्थ्यो । अब यो रिभिजन हुन्छ भन्ने छ । रिभिजनमा के हुन्छ त्यसपछि मात्रै हामीले भन्न सकिन्छ । अहिलेको स्थितीमा चाहीँ हामीले केही पोजेटिभ देखेको छैनौँ । रिभिजनमा आउनु पर्यो ।', उनले भनिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको