Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

अर्थ संसार

बुधबार, १० साउन २०८०, १७ : ३० मा प्रकाशित

बजार घट्दा टप ब्राेकरले कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

मौद्रिक नीतिपछि आइतबार बढेर बन्द भएको बजार त्यसपछि लगातार घटिरहेको छ । आज पनि सेयर बजारले ओरालो यात्रालाई नै निरन्तरता दियो । 

आज बुधबार नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० विन्दुमा पुगेकाे छ । कुल २६० वटा कम्पनीकाे ७३ कराेड ९९ लाख ४ सय ७४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ कराेड २५ लाख ८ हजार ७ सय ६९ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । काराेबार भएका कुल १३ उपसमूहमध्ये ३ वटा समूह अर्थात् फाइनान्स, म्युचुअल फण्ड र अन्य समूह बढ्दा बाँकी समूह घटेका छन् । 

टप ब्राेकरकाे कुरा गर्नुपर्दा आज बुधबार ब्राेकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजले सर्वाधिक काराेबार गरेकाे छ । ब्राेकर नम्बर ५८ बाट आज २२ कराेड ९ लाख ६७ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा २० कराेड ६७ लाख ४९ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री गरिएकाे छ ।

ब्राेकर नम्बर ५८ काे Top Buy र Top Sell यस प्रकारका छन् :

Top Buy

ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर :  ७ लाख ५० हजार कित्ता
नेपाल पूनर्बीमा कम्पनी लिमिटेड : २३ हजार ७ सय ५८ कित्ता
शिवम् सिमेन्ट : १९ हजार ३ सय २४ कित्ता

Top Sell

ग्लोबल आईएमई बैंकको प्रमोटर सेयर : ७ लाख ६२ हजार ५ सय ३९ कित्ता
स्ट्यान्डर्ड चार्टर्ड बैंक : २७ हजार ७३ कित्ता
एनआईसी एशिया बैंक : १७ हजार ६ सय ९२ कित्ता

टप ब्राेकरकाे दाेश्राे नम्बरमा आज ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्युरिटिज रहेकाे छ । आज बुधबार ब्राेकर नम्बर ४२ बाट ८ कराेड ६० लाख ५८ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा १६ कराेड ५७ लाख ५७ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ४२ काे Top Buy र Top Sell यस प्रकारका छन् :

Top Buy

आईजीआई प्रुडेन्सियल इन्स्याेरेन्स : ८ हजार ८ सय २९ कित्ता
सिद्धार्थ प्रिमियर इन्स्याेरेन्स : ६ हजार ६ कित्ता
नबिल बैंक : ६ हजार ४ सय १३ कित्ता

Top Sell

चन्द्रागिरी हिल्स : १६ हजार ९ सय २० कित्ता
नेपाल पूनर्बीमा कम्पनी लिमिटेड : २० हजार २ सय २६ कित्ता
गरिमा विकास बैंक लिमिटेड : ३९ हजार ४ सय ३१ कित्ता

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको