गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद भएको करिब १०० किलो सुन प्रत्यक्ष प्रसारण गरेर गाल्ने तयारी राजस्व अनुसन्धान विभागले गरेको छ।
स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको सुन प्रत्यक्ष मार्फत गालेर सर्वसाधारणलाई यसबारे जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको हो।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दाको प्रक्रिया र सुरक्षाबारे नेपाल राष्ट्र बैंकको टक्सार विभागसँग राजस्वले छलफल गरिसकेको बताइएको छ ।
हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र सुन लुकाउनका लागि के–केसम्म भयो भन्ने जानकारी दिने हिसाबले प्रत्यक्ष प्रसारण गर्न खोजिएको विभागको दाबी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस