Like us!
Follow us!
Connect us!
Watch us!

७ वटा नयाँ ब्रोकरलाई डीपी सेवा प्रदान गर्न सीडीएससीले दियो अनुमति

अर्थ संसार

शुक्रबार, १२ साउन २०८०, १७ : ३९ मा प्रकाशित

७ वटा नयाँ ब्रोकरलाई डीपी सेवा प्रदान गर्न सीडीएससीले दियो अनुमति

हालै सञ्चालनमा आएका थप ७ वटा ब्रोकरले निक्षेप सदस्यता (डीपी)  प्राप्त गरेका छन्। सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले आज (शुक्रबार) एक कार्यक्रमबीच ७ वटा नयाँ ब्रोकर कम्पनीलाई निक्षेप सदस्यता (डीपी) प्रदान गरेको हो। 

प्रोपर्टी बिजार्ड, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, सेयर–प्रो सेक्युरिटिज, भोलेगणेश सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी र मियो सेक्युरिटिजलाई सीडीएससीले निक्षेप सदस्यता (डीपी) प्रदान गरेको हो। 

धितोपत्रको केन्द्रीय सदस्यता (डीपी) सेवा प्रदान गर्नका लागि केही दिनअघि ती नयाँ ब्रोकर कमपनीहरुले सीडीएससीमा आवेदन दिएका थिए। सोही आवेदनका आधारमा सीडीएससीले आज ती नयाँ ब्रोकर कमपनीहरुलाई डीपी प्रदान गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको