Like us!
Follow us!
Connect us!
Watch us!

टप ब्राेकरकाे खरिद भन्दा बिक्री धेरै, कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १७ : ०८ मा प्रकाशित

टप ब्राेकरकाे खरिद भन्दा बिक्री धेरै, कुन-कुन कम्पनीकाे सेयर किनबेच गरे ?

हिजो सोमबार बढेको बजारले आज फेरि ओरालो यात्रा नै तय गर्यो ।

आज मंगलबार नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दूमा झरेकाे छ ।  आज कुल २ सय ६२ वटा कम्पनीकाे ६० लाख १५ हजार ६७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ९२ कराेड ४४ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । मंगलबार काराेबार हुने १३ उपसमूहमध्ये म्युचुअल फण्ड ०.३५ प्रतिशतले बढ्दा अरू सबै समूह घटेका छन् ।

आज ब्राेकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजबाटै सर्वाधिक काराेबार भएकाे छ । ब्राेकर नम्बर ५८ काे प्ल्याटफर्मबाट मंगलबार १४ कराेड ७३ लाख ७१ हजार रूपैयाँ बराबरकाे सेयर खरिद गरेकाे छ । आज  ब्राेकर नम्बर ५८ ले १५ कराेड ६८ लाख २५ हजार रूपैयाँ बराबरकाे सेयर बेचेकाे छ । 

ब्राेकर नम्बर ५८ काे Top Buy र Top Sell हेर्नुहाेस् {२ वटाकाे म्याचिङ}

Top Buy

ज्याेति विकास बैंक - ९७ हजार ७५ कित्ता
नेपाल पूनर्बीमा कम्पनी - १९ हजार ८ सय ७४ कित्ता
NLG इन्स्याेरेन्स - ११ हजार ८ सय ६१ कित्ता

Top Sell

ज्याेति विकास बैंक - ९६ हजार ६ सय ९९ कित्ता
NLG इन्स्याेरेन्स - १५ हजार ६ सय ८१ कित्ता
नेपाल टेलिकम - १३ हजार ४ सय ३१ कित्ता

त्यसैगरी, मंगलबार टप ब्राेकरकाे दाेश्राे नम्बरमा ब्राेकर नम्बर ४२ अर्थात् सनी सेक्युरिटिज रहेकाे छ । आज  ब्राेकर नम्बर ४२ काे पनि खरिद भन्दा बिक्री धेरै छ । आज ब्राेकर नम्बर ४२ काे प्ल्याटफर्मबाट ९ कराेड ५८ लाख १९ हजार रूपैयाँ बराबरकाे सेयर खरिद हुँदा १७ कराेड ६ लाख ३६ हजार रूपैयाँ बराबरकाे सेयर बिक्री भएकाे छ ।

ब्राेकर नम्बर ४२ काे Top Buy र Top Sell हेर्नुहाेस् :

Top Buy

सुर्य ज्याेति लाइफ इन्स्याेरेन्स - ११ हजार १ सय ६ कित्ता
नेशनल हाइड्राेपावर - ३८ हजार एक सय २४ कित्ता
नेपाल फाइनान्स - १३ हजार ४ सय ७५ कित्ता

Top Sell

अपर तामाकाेशी हाइड्राेपावर - ७५ हजार २ सय ४६ कित्ता
नेपाल पुनर्बीमा कम्पनी - २३ हजार ७ सय ७६ कित्ता
अरूण भ्याली हाइड्राेपावर - ७२ हजार ५ सय २४ कित्ता 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको